५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन् । संघीय संरचनामा सहकार्य र संवादलाई थप प्रभावकारी बनाउन उद्देश्यसहित प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका…