काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार चेन्नईमा सम्पन्न दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो वार्मअप खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो । चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा क्यानडाले प्रस्तुत…