लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार…