मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङ जिल्लामा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहका सबै मतदान केन्द्र र मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य अवस्थामा रहेको जनाइएको छ । निर्वाचनका लागि सुरक्षा चुनौती सामान्य रहे पनि सम्भावित हिमपातले मतदान कार्यक्रम प्रभावित हुन सक्ने अनुमान गरिएको छ…