३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए…