काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संवादको थालनी गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेकी छन् । माओवादी केन्द्रका नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुनसँगबाट संवाद थालेकी उनले दलहरुसँगको छलफलको तयारी तीव्र बनाएकी हुन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…