चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया राति अबेरसम्म जारी रहेकाले उम्मेदवारहरूको पहिलो चरणको नामावली प्रकाशनको तयारी भइरहेको छ । उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ।…