बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् । माओवादी केन्द्रसँग आबद्ध रही नेपाली कांग्रेसको चुनाव चिन्हबाट वडाध्यक्षमा निर्वाचित भएका ढकालले दल त्याग गरेपछि पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय तह निर्वाचन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार दल परित्याग गरेका जनप्रतिनिधिहरूको पद रिक्त भएको…