बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज क्वाटर फाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा भोली शुक्रबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएको हो । बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा आजको भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३-२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ…