२ असार २०८३, मंगलबार | June 17, 2026

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : क्वाटरफाइनल समिकरण पूरा, भोली समिफाइनलका खेलहरु हुने



बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज क्वाटर फाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा भोली शुक्रबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएको हो ।

बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा आजको भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३-२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।

चारपाला खेल मैदानमै भएको अर्को खेलमा कान्ति माविलाई ३-० ले हराउँदै स्कलर्स होम सेमिफाइनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि र न्यु होराइजन स्कुलबीचको खेलमा स्कलर्स होम ३-० ले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । जवई खेल मैदानमै आज भएको मोतिपुर मावि र अक्सफोर्ड माविबीचको खेलमा २-० ले अक्सफोर्ड विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।

आजको जितसँगै अक्सफोर्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।

त्यस्तै जवई खेल मैदानै आज भएको छात्रा तर्फको क्वाटरफाइनल खेलमा कान्ति माविलाई १-० ले हराउँदै गार्गी मावि सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यु होराइजन र कालिका मानवज्ञान मावि बीचको खेलमा पेनाल्टी सुटआउटमा ३(२ ले कालिका विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोली शुक्रबार चारपाला खेलमैदानमा सरस्वती मावि र स्कलर्स होमबीच सेमिफाइनल खेल हुने नगर खेलकुद विकास समिति शेरजङ गुरूङले जानकारी दिए । ।

उता जवई खेलमैदानमा भोली शुक्रबार न्यु होराइजन मावि र अक्सफोर्ड माविबीच सेमिफाइनल हुने छ भने छात्रा तर्फ ज्ञानोदय मावि र गार्गी मावि तथा नविन औद्योगिक मावि र कालिका मानवज्ञान माबिबीच सेमिफाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : २० बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ