७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । ६ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकको यात्राका क्रममा लेक लागेर मृत्युवरण गरेका हुन् । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९…