सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र १४ वटा घर बगाएको बताइएको छ । सातवटा घर जोखिममा रहेका छन् । थामे खोलामा आएको बाढीमा फसेका सात जनालाई सेनाले उद्धार गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले…