२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताउँदै कम्युनिष्ट तथा परिवर्तनकारी शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्। काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता र लामो संघर्ष तथा बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिमाथि गम्भीर चुनौती देखापरेको दाबी गरे।…