काठमाडौं । मीनबहादुर गुरुङबाट एमालेले स्वीकार गरको जग्गा उपहार प्रकरणमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम राव सहित तीन नेताहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणमा पर्नेहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय…