३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

नेप्से ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२र८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ४ : २५ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार