काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली पुगेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारत पुगेका मन्त्री खनाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना…