काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । यसअघि मंगलबार बिहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो १ बजे बस्ने भएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमै बस्नेछ ।…