काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा मन्त्री खनालले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा.…