काठमाडौं, सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। आगो घरबाट सल्किएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनास्थल नजिकै फर्निचरको गोदाम पनि रहेको छ। प्रहरी र दमकलको टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।