काठमाडौं । सुमित बर्माको उत्कृष्ट अर्धशतकको बलमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो । पोखराका सुमित बर्माले २९ बलमा दुई चौका र चार छक्कासहित…