९ भदौ २०८३, मंगलबार | August 25, 2026

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। आइतबार अपराह्न ४ः१५ बजे एयर इन्डियाको विमानमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल भ्रमणका क्रममा प्रधानसेनापति सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्नेछन्। सेठले गत जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको…