हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार (असोज १ गते) औपचारिक पत्रसहित उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले लेखेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा…