१४ पुस २०८२, सोमबार | December 29, 2025

नेपाल प्रेस युनियनको स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिए । आज भएको रक्तदानमा १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता भएको अध्यक्ष नेपालले बताए…