२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

महिलाको प्रगतिबाट सबै लाभान्वित : उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि अर्पित गर्दै पूजाआजा गर्ने परम्परा छ, यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत-धर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर यो पर्वले प्रदान गरोस् ।”

महाशिवरात्रि भगवान् शिवमा समर्पित पर्व हो । महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई अत्यन्त महत्वपूर्ण अनुष्ठान मानिन्छ । यो पर्वमा भगवान शिवको पूजाआजा र व्रत उपवास गरे सबै रोग र शारीरिक दोषबाट मुक्ति पाउने जनविश्वास रही आएको छ । महाशिवरात्रिका अवसरमा देशभरका शिवालय, महादेव मठ र शिवमन्दिरमा हिन्दू भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

त्यसैगरी सेना दिवस-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नेपाली सेना आफूलाई थप सशक्त, सबल तथा सुदृढ बनाउँदै परिवर्तित समय र युग अनुरुपको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र हालको संरचनालाई आफ्नै आर्थिक-प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकिकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैर-अनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्नपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

यसैगरी उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवस-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको समानता, समावेशिता र प्रगतिले हामी सबै लाभान्वित हुने विषयमा कसैको दुई मत हुन नसक्ने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ३१ बजे

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण