काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ । सफा हिमाल अभियान-२०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार दुःखद निधन भएको हो । उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए । ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भुमिकामा रहदैँ गर्दा उनी अचेत हुन पुगेका थिए ।…