१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मकवानपुर भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखालाको सङ्क्रमण



मनहरि । मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ ।

सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।

सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ६ : ५९ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले