काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन । उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन । यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते) सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण…