२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक अवस्था तथा राष्ट्रिय हितका विविध विषयहरूमा केन्द्रित रहेर छलफल भएको छ। भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य…