बुटवल । श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एकजना १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् । खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस–३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया…