१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुद्ध सामुदायिक टेलिभिजनको वार्षिक साधारणसभा सम्पन्न



बुटवल । बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले शुझाँब दिएका छन ।

शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले आर्थिक संकटको अवस्थामा पनि बुद्ध सामुदायिक टेलिभिजनले समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरिरहेको बताएका छन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामुलक टेलिभिजन भएकाले समुदायमा नै रहेर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन । कार्यक्रमको प्रमुख अतिथि समेत रहुन भएको पाण्डेयले मिडिया र मिडियाकर्मीको प्रोत्साहनको लागि उपमहामनगरपालिकाले सहयोग र समन्वयन गर्दै आएको बताए ।

जनप्रतिनिधिले गरेका कमीकमोजारीलाई मिडियाले औँल्याउनको लागि आग्रह गर्दै उनले नियोजित,पुर्वाग्राही भन्दा तथ्यमा रहेर खोज पत्रकारिता गर्नको लागि शुझाँब दिए । तथ्यमा आधारित रहेर खोज पत्रकारिता गर्ने मिडिया र पत्रकारलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने मेयर पाण्डेयको भनाई छ । बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजन देशै भर प्रसारणमा रहेपनि अहिले लुम्बिनी प्रदेशलाई मुख्य कार्य क्षेत्र बनेर अघि बढ्दा प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । कोभिड पछि देखिएको आर्थिक संकटको प्रत्यक्ष प्रभाव सञ्चार क्षेत्रमा पनि देखिएको अवस्थामा टेलिभिजनलाई समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरीरहेको जिकिर गरे । अध्यक्ष ज्ञवालीले समाचार र सुचनालाई प्राथामिकता दिएर अघि वढेको टेलिभिजनले कार्यक्रममा पनि समावेशि सिद्धान्तहरुलाई आधार मानेर विभिन्न भाषाका कार्यक्रम उत्पादन तथा प्रशारण गरेको साधारण सभामा जानकारी दिए ।

टेलिभिजनका निर्वतमान अध्यक्ष पृथ बहादुर फौदारले बुटवलको ढवाहमा टेलिभिजनको आफ्नै १ कठ्ठा जग्गा रहेकाले भवन निर्माणमा समितिले ध्यान दिनु पर्नेमा जोड दिए । टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामुलक संस्था र समुदायकै सम्पत्ती भएको बताउँदै समुदायमै संचार संस्थाको रुपमा विकास गर्नको लािग सबै तयार हुनु पर्नेमा जोड दिए । टेलिभिजनमा फुलटाईम र पार्ट टाईम गरी झण्डै ५० जना पत्रकार, कर्मचारी जोडिएको साधारण सभामा उनले जानकारी दिए ।

टेलिभिजका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा १ करोड ६ लाख ७८ हजार रुपैँयाको टेलिभिजनले आर्थिक कारोबार गरेकोमा ७१ लाख ५ हजार आम्दानी गर्न सफल भएको बताए । यस्तै कार्यक्रममा टेलिभिजनका सल्लाहकार प्रभुराज ज्ञवाली, बुटवलका पुर्वनगर प्रमुख पुनाराम पोखरेल, सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, टेलिभिजनका सल्लाहकार रिता सेन, शेयर सदस्य रामबहादुर कार्की र कार्यसमिति सदस्य डोलराज बस्यालले बोलेका थिए । यस्तै बन्द सत्रले अध्यक्ष र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संसोधन सहित पारित गरेको छ ।

टेलिभिजनको बुटवल १३ ढवाहमा रहेको जग्गाको तत्काल तारजाली लगाएर संरक्षण गर्दै भवन निर्माणको काम अघि बढाउने प्रस्ताव पारित गरेको छ । यस्तै साधारण सभाले सहसचिब जेबि गुरुङलाई विधान अनुसार सचिबमा पदोउन्नती गरेको टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ३४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान