२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विद्यालयस्तरीय बुटवल मेयर कप फुटबलमा शनिबार पनि ८ खेल सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार पनि ८ वटा खेल सम्पन्न भएका छन ।

शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ ।

कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १-० गोलअन्तरले प्रगति विजयी भएको छ भने स्कलर्स मावि र न्यु होराइजन माविका बीचमा भएको खेलमा १-० गोल अन्तरले स्कलर्स विजयी भएको छ ।

यस्तै एन्फा खेलमैदानमै भएको एभरेस्ट मावि र प्रगति मावि बीचको खेलमा २-० गोलअन्तरले एभरेस्ट विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै जबई खेल मैदानमा इन्टलेक्चुअल मावि र मोतिपुर ३-० गोलअन्तरले मोतीपुर विजयी भयो भने ज्ञानोदय मावि र क्यानन माविबीचमा भएको खेल बराबरी भएपछि टाइब्रेकरमा ५-३ गोलअन्तरले ज्ञानोदय विजयी भएको छ । यस्तै सरस्वती मावि र कान्ति माविबीचको खेल टाइब्रेकरमा जाँदा सरस्वती ३-२ अन्तरले विजयी भएको छ। यस्तै गरी उजिरसिंह मावि र मोतिपुर मावि बीचको खेलमा ३-० ले उजिरसिंह विजयी भएको खेल सहसंयोजक इश्वर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ०१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य