९ पुस २०८२, बुधबार | December 24, 2025

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।