३१ असार २०८२, मंगलबार | July 15, 2025

कृषि मेलाको लागि कार्यसम्पादन समिति गठन : आगामी पुसमा औद्योगिक व्यापार मेला गर्ने निर्णय



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गर्ने प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष हरीप्रसाद अर्यालको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

कार्यसम्पादन समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसम्पादन समितिको सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेललाई समारोह व्यवस्थापन उपसमिति र सहकोषाध्यक्ष धनकुमारी खनाललाई अतिथी सत्कार तथा उपहार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । संघका कार्यसमिति सदस्यहरु कार्यसम्पादन समितिको सदस्य रहेने गरी विभिन्न विषयगत जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पूर्वअध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा प्राविधिक सल्लाहकार उपसमिति गठन गरी उक्त समितिमा विभिन्न सरकारी निकाय, परियोजना लगायतका संघसंस्थाको क्रमशः प्रतिनिधित्व हुनेगरी थप गर्दै जाने निर्णय गरिएको छ ।

बैठकले २०८१ सालको पुस महिनामा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने पनि निर्णय गरेको छ । २०४१ सालमा पहिलो पटक औद्योगिक औद्योगिक प्रदर्शनी गरेको संघले हालसम्म ११ औं संस्करणको औद्योगिक व्यापार मेला सम्पन्न गरिसकेको छ । संघको कार्यसमिति बैठकले २०८१ पुसमा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने निर्णय गर्दै आवश्यक समन्वय र अनुमतीका लागि बुटवल उपमहानगरपालिका लगायत सम्वद्ध निकायमा पत्राचार गर्ने निर्णय गरिएको महासचिव अधिकारीले जानकारी गराए ।

बैठकबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आन्तरिक जिम्मेवारी पनि प्रदान गरिएको छ । त्यसैगरी संघमा अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसंग संघमा व्यवसायिक सेवा गुणस्तर र विस्तारका लागि तीन वर्षका लागि युएसएईडिको रुफ अफ द वल्र्ड कार्यक्रम सञ्चालनको लागि भएको सम्झौता अनुमोदन गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : १७ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय