दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशन कार्य भइरहेको बताए । ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धानकार्य अघि बढाउने…