बुटवल । रूपन्देहीमा मंगलबार राति साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड तीव्र भएपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले आन्दोलन अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम…