१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर



बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

आइतबार राति स्थानीय समयअनुसार ११ः५७ बजे बैंककको चाटुचक जिल्लामा रहेको Rong Beer Na Lat Phrao नामक पबमा आगलागी भएको हो। धुवाँले केही मिनेटमै सम्पूर्ण पब ढाकेको कारण अधिकांश ग्राहकहरू बाहिर निस्कन नपाई फसेका थिए।

घटनास्थलको निरीक्षणपछि थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आगलागीपछि पबभित्र एक्कासी बाक्लो धुवाँ भरिएको र धेरै ग्राहकहरू पछाडिको शौचालयतर्फ भागे पनि बाहिर निस्कने सुरक्षित मार्ग नपाएको प्रारम्भिक जानकारी आफूले पाएको बताए।

बैंकक महानगरपालिकाको विपद् रोकथाम तथा न्यूनीकरण विभागका निर्देशक सुरियाचाइ राविवानका अनुसार हालसम्म २७ जनाको शव फेला परिसकेको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बैंककका गभर्नर चाडचार्ट सित्तिपुन्टले अस्पताल भर्ना गरिएका ६३ घाइतेमध्ये २२ जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिए।

दमकलकर्मी चक्रित खोंगकोमका अनुसार उनी पहिलो दमकल टोलीसँग घटनास्थल पुगेका थिए। त्यतिबेलासम्म पबको अधिकांश भाग आगोले जलेको थियो भने ठूलो संख्यामा मानिसहरू भित्रै फसेका थिए।

उनले भने, ‘आगो अत्यन्त तीव्र थिएन, तर धुवाँले पूरै पब ढाकेको थियो। धेरैजसो जीवित उद्धार गरिएका व्यक्तिहरू धुवाँका कारण सास फेर्न नसकेर छटपटाइरहेका थिए।’

उद्धारकर्मीहरूको शरीरमा जडान गरिएको क्यामेराबाट प्राप्त दृश्यमा अक्सिजन मास्क लगाएका दमकलकर्मीहरू टर्चको सहायताले अन्धकारमय पबभित्र प्रवेश गरी जीवित व्यक्तिहरूको खोजी गरिरहेको देखिन्छ। शौचालय नजिकै धेरै मानिसहरू लडिरहेको अवस्थामा भेटिएका थिए भने उद्धार टोलीले स्ट्रेचरमार्फत उनीहरूलाई बाहिर निकालेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार आगो पबको स्टेज अगाडिको भागबाट सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै कार्यक्रममा प्रस्तुति दिइरहेका एक ब्यान्ड सदस्यले अचानक बत्ती निभेपछि ठूलो विस्फोट भएको र त्यसलगत्तै धुवाँ तथा आगो फैलिएको बताए।

‘विस्फोटपछि मानिसहरू भाग्नै सकेनन्। धेरैजसो भुइँमा लडेर सहयोगका लागि गुहारिरहेका थिए’, उनले भने, ‘म स्टेजबाट करिब पाँच मिटर दौडिएँ। चारैतिर अन्धकार थियो, धुवाँले केही देखिँदैनथ्यो र सास फेर्न अक्सिजन थिएन।’

गभर्नर चाडचार्टका अनुसार पबले आवश्यक सञ्चालन अनुमति र अग्नि सुरक्षासम्बन्धी स्वीकृति प्राप्त गरेको प्रारम्भिक विवरण देखिएको छ। यद्यपि आगो अत्यन्त तीव्र गतिमा फैलिएको र धुवाँले केही मिनेटमै सम्पूर्ण भवन भरिएकाले मानिसहरूलाई बाहिर निस्कन कठिन भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको छ। फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरिरहेको छ भने मृतकहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको अधिकारीहरूले बताएका छन्।

यो घटना पछिल्ला केही वर्षयता बैंककमा भएको सबैभन्दा घातक पब आगलागीमध्ये एक मानिएको छ।

– एजेन्सी (रायटर्स)

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : ५१ बजे

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई