काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि अग्रस्थानमा रहेको छ । रास्वपाले हालसम्म ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ भने अब केही मतगणना मात्र बाँकी रहेको जनाइएको छ । दोस्रो…