सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-३ तामाखानी र सोताङ गाउँपालिका-४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका…