काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ । शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिइएको हो । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई एनपी साउदको नाम सिफारिस…