काठमाडौं । नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा)द्वारा आयोजित १२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ । यही नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौँमा दुईदिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तरराष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट, पुनःस्थापना व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको…