काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आज बिहान डोजर चलाएको छ । बस्तीका संरचना भत्काउने अभियान सञ्चालनको क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप समेत भएको छ । नगर प्रहरीका एसपी दीनेश अर्यालका अनुसार भक्तपुर–काठमाडौं सीमा क्षेत्रमा पर्ने उक्त बस्तीमा अवैधानिक रूपमा बनेका घर–टहरा भत्काइएका हुन् । “हामीले यसअघि ३५…