काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका-९ अमिलिया चोकबाट ६ केजी ३६० ग्राम चरेससहित घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको…