२५ मंसिर २०८०, सोमबार | December 11, 2023

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।

समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गरेका हुन ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।

त्यस्तै उनले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराएका थिए ।

शोक प्रस्ताव पारित

बैठकले संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

संविधानसभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो । उनी २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १२ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : ४२ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका