३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

रोल्पामा सवारी दुर्घटना हुँदा एक जना बालकको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा।१ ह ३०२२ नम्वरको अटो बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।…