काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा पार्टीभित्रको संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत…