२२ चैत्र २०८२, आइतबार | April 6, 2026

अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण

बेइजिङ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहितको अन्तरिक्ष विज्ञान प्रयोग नमूनाहरूको नवौँ ब्याच शुक्रबार चीन अन्तरिक्ष स्टेशनबाट शेन्झोउ–२१ अन्तरिक्ष यानमार्फत सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । यी नमूनाहरू शनिबार बिहान नै चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको ग्लोबल टाइम्सले चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै जानकारी दिएको छ । फिर्ता गरिएका नमूनाहरूमा जीवन…