काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित पाँचौ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेला संयोजक सुरज बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर…