२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !



काठमाडौं । बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशबाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।

मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् । ‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुबै पार्टी बिच घनिभुत छलफल भएको छ ।

यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छिन । राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारवाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिएकी छिन ।

उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन । माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकार मा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजिनामा दिइसकेका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३३ बजे

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने