काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहानैदेखि चार प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहानैदेखि देशभर सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा आज बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ…