तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनको…